गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुलाई पितृशोक
पाेखरा | बैशाख २८, २०८०
काठमाडौं: बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ ।
तमुका पिता कास्की पोखरा महानगरपालिका( २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज गुरुङको बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएको हो ।
पुरानो गाउँ माछापुच्छ्रे गाउँपालिका ५ रिभान भएका मृतक गुरुङ विगत ३–४ वर्षदेखि पेट र छातीसम्बन्धी समस्याले बिरामी थिए ।
पछिल्ला वर्षहरुमा बेलायतमा बसोबास गर्दै आएका गुरुङ उनकै चाहनामा केही महिनाअघि मात्र नेपाल ल्याइएको थियो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाश प्राप्त वफादारी सेना थिए ।
उनी वि सं १९८९ साउन ७ मा जन्मिएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

